समाचार विदेश

भारतले विदेशमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश फर्काउँदै

भारतले विदेशमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश फर्काउँदै

भारत । भारतले अन्य देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । भारतले कोरोना भाइरसको महामारीका कारण अन्य देशमा फसेका आफ्ना नागरिकहरुको तत्काल उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी र गर्भवतीलाई उद्धार गरिने भारतीय संचार माध्यामहरुले जनाएका छन् । बिहीबारदेखि शुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीलेले जनाएको छ ।

७ मे देखि १३ मेको एक हप्ताको समयमा १२ देशमा ६४ उडान गरिने र १५ हजार भारतीयको उद्धार गरिनेछ । पहिलो चरणमा संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, ओमान, कुबेत साउदी अरब अमेरिका र बहराइनसहित १२ देशका नागरिकको उद्दार गरिने पनि पनि जनाइएको छ।