अर्थ बैंकिङ कर्पोरेट

कामना सेवा विकास बैंकले ल्यायो कोरोना सुरक्षा बचत खाता सञ्चालनमा, ५० हजार रुपैयाँको बीमा सुविधा पाउने

कामना सेवा विकास बैंकले ल्यायो कोरोना सुरक्षा बचत खाता सञ्चालनमा, ५० हजार रुपैयाँको बीमा सुविधा पाउने

काठमाडौं - कोरोना भाईरसको उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने पवित्र उद्देश्यले कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । 

नेको इन्स्योरेन्स लिमिटेडको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम ५००० रुपैयाँ रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।