समाचार

सुदूरपश्चिममा कोरोनाका कारण पहिलो मृत्यु

सुदूरपश्चिममा कोरोनाका कारण पहिलो मृत्यु

काठमाडौं । सुदूरपश्चिममा कोरोनाका कारण पहिलो मृत्यु भएको छ। बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।