समाचार

अर्का जर्नेलमाथि कोर्टमार्शल, चार्टर्ड उडानको रकम असुल नगरेको भन्दै ५९ लाख तिराउने आदेश

अर्का जर्नेलमाथि कोर्टमार्शल, चार्टर्ड उडानको रकम असुल नगरेको भन्दै ५९ लाख तिराउने आदेश

सेनाले भर्खरै राजीनामा दिएर घर बसेका दुईतारे जर्नेल सुधीर श्रेष्ठमाथि चलिरहेको कोर्टमार्शलको फैसला सुनाएको छ । सैन्य हवाई सेवा महानिर्देशनालयका प्रमुख तथा हेलिकप्टर पाइलट श्रेष्ठसँग ४ वर्षअगाडिको चार्टर्ड उडानको रकम असुल नगरेको भन्दै ५९ लाख तिराउने आदेश भएको हो ।

प्रधानसेनापतिपछि दोस्रो वरीयताका लेफ्टिनेन्ट जनरल शरद गिरी नेतृत्वको टिमले श्रेष्ठमाथिका अन्य आठवटा अभियोगबाट भने सफाइ दिएको छ । सेनाले उनीसहित उक्त महानिर्देशनालयका १९ जनाउपर छानबिन गर्दै आएको थियो । बाँकी सबैले पनि सफाइ पाएका छन् ।

सेनाको जहाज प्रयोग गरेवापत ०३४ सालदेखि आजसम्मको बक्यौता भीम रावल, भीमसेनदास प्रधान, बालकृष्ण खाँण, इश्वर पोख्रेलको रक्षा मन्तृत्वकालमा अनेक समिति, उपसमितिबाट ११ करोड मिनाहा गरिसकिएको बताइन्छ ।

चार्टर्ड उडानबाट आएको राजश्व फण्डको केही पैसा समितिको बैठकमा खाजा, नास्तामा खर्च हुने गरेको र सो रकम अनियमितता गरेको नभई हिसाबको टिपोट देखाउन नसकिएको भन्दै श्रेष्ठ पैसा तिर्नेमा परेका हुन् । यस प्रकरणमा तानिएका महासेनानीदेखि सेनानीसम्मका दिपक बास्तोला, राजेश शाह, विनोद श्रेष्ठ, रामबहादुर बाठा, जकुमार लामा, कृष्ण फुयाल, श्याम सिल्वालले सफाइ पाएका छन् । यो समाचार जन आस्थाबाट साभार गरिएको हो।