समाचार

कालीमाटी वृत्तका ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कालीमाटी वृत्तका ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत कार्यरत ११६ जना प्रहरीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै कोरोना नभएको पुष्टि भएको हो ।

यस अघि महानगरीय प्रहरी बृत्त कालीमाटीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक र प्रहरी जवानमा कोरोना भाइरस देखिएको थियो । त्यसलगत्तै कालिमाटीमा कार्यरतलगायत उनीहरुसँग सम्पर्कमा आएका २३१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार २३१ मध्ये ११६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको भने परीक्षण रिपोर्ट आइसकेको छैन ।