सरकारले कारवाही नगरे रुकुम घटनाका दोषीलाई जनअदालत प्रवेश गराउने विप्लव नेकपाको चेतवानी

सरकारले कारवाही नगरे रुकुम घटनाका दोषीलाई जनअदालत प्रवेश गराउने विप्लव नेकपाको चेतवानी

काठमाडौँ । पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाबारे बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले मुख खोलेको छ । नेकपाका प्रवक्ता खडक बहादुर बिश्वकर्मा 'प्रकाण्ड'ले बुधबार एक बिज्ञप्ति जारी गर्दै आफ्नो पार्टी केन्द्रको धारणा सार्बजनिक गरेका हुन् । नेकपाकै जिल्ला समिति रुकुम, राप्ती ब्यूरो र भेरी कर्णाली ब्यूरोले बिज्ञप्ति जारी गरिसकेको थियो ।

आफ्नै पार्टीको जिल्ला समिति र ब्यूरो समितिहरुले धारणा राखिसकेको समयमा प्रकाण्डले ढिलो गरि पार्टी केन्द्रको धारणा सार्बजनिक गरेका हुन् । यसअघि नेकपाकै रुकुम पश्चिम जिल्ला सेक्रेटरी/इन्चार्ज  चन्द्र बुढा, पार्टीको राप्ती ब्यूरो इन्चार्ज समर र पार्टीको भेरी कर्णाली ब्यूरो इन्चार्ज रविले घटनाको घोर भ्रत्सना गर्दै बिज्ञप्ति जारी गरिसकेका थिए ।

बुधबार प्रकाण्डले सोही प्रकारको बिज्ञप्ति जारी गर्दै पार्टी केन्द्रको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्। पाटीका प्रवक्ता समेत रहेका प्रकाण्डलेअन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताएका छन् ।

विज्ञप्तिमा प्रकाण्डले मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गरेको बताएका छन् ।

विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वे'प'त्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न केपी ओली नेतृत्वको सरकारसँग माग गरेका छन् ।

घटनाले नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाहसम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा प्रकाण्डले विज्ञप्तिमा उल्लेख गरेका छन्।  प्रकाण्डले चौरजहारी घटनाले दलाल पुँजीपति वर्गको कथित संसदीय ब्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संकृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको बताएका छन् ।

विज्ञप्तिको अन्त्यमा घटनामा संलग्न अपराधीलाई कडा का'रवा'ही गर्न सन्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसीस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास गरिएको छ । प्रकाण्डका साथै पार्टी ब्यूरो र जिल्लास मितिले निकालेका बक्तव्यमा पार्टी जनताको साथमा रहेको र यस्ता घटनामा राज्य उदाशीन बने आफ्नो पार्टीले कडा कदम उठाउने प्रतिबद्दता जनाइएको छ ।

संम्बधित खबर