अर्थ बैंकिङ कर्पोरेट

सिटिजन्स बैंक लिमिटेडले पनि गर्यो आफ्ना कर्मचारीको कोरोना बीमा

सिटिजन्स बैंक लिमिटेडले पनि गर्यो आफ्ना कर्मचारीको कोरोना बीमा

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा सिटिजन्स बैंकले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड-१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिव १५०० जनाको कोभिड-१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको छ ।

बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोके बमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ । सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाइजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्था यस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयाश गरिरहेको छ । नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकल लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको ए.टी.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।