अर्थ कर्पोरेट

सेञ्चुरी बैंकले आफ्नो सम्पूर्ण कर्मचारीको कोरोना बीमा गराउने

सेञ्चुरी बैंकले आफ्नो सम्पूर्ण कर्मचारीको कोरोना बीमा गराउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराउने भएकाे छ । बैंकले लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबे कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो ।

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।