कभर स्टोरी

ओम्नीलाई नियम विपरित २० करोड भुक्तानी दिन नमानेपछि केशव प्रसाई गलहत्याइए

ओम्नीलाई नियम विपरित २० करोड भुक्तानी दिन नमानेपछि केशव प्रसाई गलहत्याइए

काठमाडाैं । ओम्नी ग्रुपलाई नियम विपरित २० करोड भुक्तानी नदिएकै कारण स्वास्थ्य सेवा विभागका आर्थिक शाखा प्रमुख केशव प्रसाईलाई हटाइएको छ । बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठसहितका अन्य केहि व्यक्तिले ओम्नीलाई नियम विपरित २० करोड भुक्तानी गर्न उनलाई दवाव दिएका थिए ।

तर सार्वजानिक खरिद अनुगमनको कार्यालयमा बसेर केही साताअघि मात्र स्वास्थ्य सेवा बिभागमा पुगेका प्रसाईले सार्वजानिक खरिद अनुसार भुक्तानी दिन नमिल्ने अडान लिएका कारण खरिद अनुगनको कार्यालयबाट स्वास्थ्यमा पुगेको १५ दिन नपुग्दै उनलाई त्यहाँबाट लखेटेर कारागार व्यवस्था विभाग पुर्याइएको छ।

उनले ओम्नीलाई भुक्तानी पनि दिन नसकिने र पछि स्वास्थ्य सेवा विभाग आफैंले ३२ करोडको मेडिकल सामाग्री खरिद गर्न नमिल्ने समेत राय दिएका थिए । जिटुजी मोडलबाट सेनामार्फत सरकारले मेडिकल सामाग्री ल्याउने भएपछि स्वास्थ्यले आफैं मन्त्रालयगत निर्णय गरी ३२ करोडको टेण्डर गर्न नसक्ने र टेण्डर गरी सामाग्री ल्याउन पहिला क्याविनेटबाट स्वीकृत गरेर मात्र ल्याउन सकिने उनको अडान थियो ।

सोहि अडानका कारण दुई सातामै उनी स्वास्थ्यबाट मिल्काइएका हुन् । ओम्नीलाई भुक्तानी दिन नसकिने र टेण्डर गरी सामाग्री ल्याउन पहिला क्याविनेटबाट स्वीकृत गराउनुपर्ने नियमसंवत अडान राखेकै कारण उनीसँग विभागका महानिर्देशक महेन्द्रले स्पष्टिकरण स मेत सोधेको स्रोतले बतायो । अहिले उनको ठाउँमा कोष लेखा नियन्त्रणको कार्यालयका दिवाकर घिमिरेलाई ल्याइएको छ । 

र यो पनि,

स्वास्थ्य सेवा बिभागका महानिर्देशक भन्छन- कोरोना नियन्त्रणमा सरकारले राम्रो कम गर्न सकेन