राजनीति

कोरोनाबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास असफल भयो- प्रधानमन्त्री ओली

कोरोनाबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास असफल भयो- प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको बताएका छन्। संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सिंगो राष्ट्र एकजुट हुनुपर्ने बताए।

‘संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ,’ प्रधानमन्त्री ओलीले भने। उनले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको बताए। नेपालमा अहिलेसम्म दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रधानमन्त्री ओलीको भनाइ छ। 

‘त्यसकै कारणले नभए पनि अन्य कारणले भए पनि २ जनाको निधन भएको छ। म दु:ख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा कोरोना कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ।’  प्रधानमन्त्री ओलीले अरू कुनै कारणले बिरामीको मृत्यु भए पनि कोरोना देखिएपछि कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने बताए।

‘कोरोनभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ,’ उनले भने। कोरोनाको परीक्षण दायरा वृद्धि गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् ।  प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको अहिलेसम्मको संख्या ४०३ हुन सक्ने जानकारी आएको बताए । यद्यपि आधिकारिक तथ्यांक ३७७ रहेको उनले बताए । कोभिड नाइन्टिन सुरु हुँदा विश्व समानाका लागि तयार नभएको स्मरण गराउँदै उनले नेपालले भने तयारी पर्याप्त गरिरहेको संकेत गर्न खोजेका छन् ।

‘नेपालमा २३ जनवरीमा विद्यार्थीमा देखिएको थियो, अहिलेसम्म ३७७ कन्फर्म देखिएको छ यो संख्या अझै बढ्न सक्दैन भन्ने सकिन्न । यसको स्रोत नै बाहिरबाट आउने भएकाले त्यसलाई रोक्न जरुरी छ,’ उनले भने । तर जनप्रतिनिधी लगायतका विभिन्न कारणले मानिसहरूको आवागमन रोक्न नसकिएको बताए ।

यद्यपि नियन्त्रणका लागि सबै एकजुट हुन जरूरी रहेको उनले बताए । हाल ५७ हजार ९०४ क्वारेन्टाइनको संख्या उपलब्ध रहेको तर ३० हजार संख्या मध्य खालको र २३ हजार क्वारेन्टानन उपयुक्त खालको रहेको बताउदै उनले ३ हजार ३०७ जना राख्न सक्ने गरीको आइसोलेसन तयारी रहेको जानकारी दिए ।