अर्थ बैंकिङ कर्पोरेट

नेपाल बंगलादेश बैंकले सम्पुर्ण कर्मचारीको कोरोना बीमा गर्‍यो

नेपाल बंगलादेश बैंकले सम्पुर्ण कर्मचारीको कोरोना बीमा गर्‍यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ । बैंकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैंकले जनाएको छ । बैंक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बैंकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । हाल बैंकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।