अर्थ कर्पोरेट

शिखर इन्स्योरेन्सले गर्यो निम्बस ग्रुपका ५ सय ३६ कर्मचारीहरुको कोरोना बीमा

शिखर इन्स्योरेन्सले गर्यो निम्बस ग्रुपका ५ सय ३६ कर्मचारीहरुको कोरोना बीमा

काठमाडौं । निम्बस समूह अन्तर्गतको विभिन्न कम्पनीहरुमा रहेका ५ सय ३६ जना कर्मचारीहरुकोे प्रतिव्यक्ति १ लाख बराबरको कोरोना भाइरस बीमा गराएको छ। उक्त बीमा शिखर इन्स्योरेन्स मार्फत लिएको कम्पनीले जनाएको छ ।

निम्बस ग्रुपका तर्फबाट निर्देशकद्वेय डा. दिनेश गौतम र प्रदिप कुमार अग्रवाल तथा मानव संशाधन विभाग प्रमुख चाँदनी के.सी.को रोहबरमा शिखर इन्स्योरेन्सका तर्फबाट प्रबन्धक श्री सन्तोष पाण्डेले कोरोना भाइरस बीमालेख हस्तान्तरण गरेको हो ।

निम्बस ग्रुपका निर्देशकद्वेयका अनुसार निम्बस ग्रुप अत्यावश्यक सेवा अन्तर्गत पर्ने र यस विषम परिस्थितिमा पनि कर्मचारीहरुले निरन्तर रुपमा सेवा प्रवाह गर्दै आएकोले सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस बीमा रक्षावरण गर्न पाएकोमा खुसी व्यक्त गरे । शिखर इन्स्योरेन्सबाट हालसम्म चौध हजार भन्दा बढि व्यक्तिहरुले कोरोनाभइरस बीमा गराएका छन । कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा करिब २८ प्रतिशत रहेको छ ।