अर्थ बैंकिङ कर्पोरेट

कामना सेवा विकास बैंकद्वारा आफ्नो कर्मचारीहरुको कोरोना बीमा

कामना सेवा विकास बैंकद्वारा आफ्नो कर्मचारीहरुको कोरोना बीमा

काठमाडौं - कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले सम्पूर्ण कर्मचारीहरुको बीमा नेको इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ ।

विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याङ्कन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका सिइओ प्रविण बस्नेतले बताए ।

यस अगाडि बैंकले आम नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याईसकेको छ ।

ADVERTISEMENT