समाचार

लकडाउनकाे खिल्ली उडाउँदै रवि लामिछानेसहित चर्चित कलाकारले देखाए यस्तो चर्तिकल, सामुहिक भोज खाएको तस्विर बाहिरिएपछि चौतर्फी बिरोध

लकडाउनकाे खिल्ली उडाउँदै रवि लामिछानेसहित चर्चित कलाकारले देखाए यस्तो चर्तिकल, सामुहिक भोज खाएको तस्विर बाहिरिएपछि चौतर्फी बिरोध

काठमाडाैं । भर्खरै मात्र काठमाडौँमा १ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उपत्यकामा पनि कोरोनाको त्रास बढेको छ । जेष्ठ ५ गते सम्मको लागि देशमा लकडाउन घोषणा गरिएको छ र अत्याबश्यक कामको लागि मात्र निस्किन पाउनेगरी सरकारले पासको व्यवस्था गरेको छ ।

धेरै व्यक्ति एक ठाँउमा जम्मा नहुन समेत सरकारले आव्हान गर्दै आएको छ । यस्तो बेलामा धेरै मान्छेहरुले २ छाक सामान्य खाना समेत खान नपाएर भिभिन्न राजनीतिक दल र सामाजिक अभियानताहरु राहतको जोहो गर्दै अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गरिरहेकाे पनि देखिन्छ 

तर टेलिभिजनको पर्दाबाट अरुलाई ठुल्ठुला आदर्शका पाठ सिकाउन खोज्ने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित केहि चर्चित कलाकारहरुले भने बेग्ला चर्तिकला देखाएका छन् । सामाजिक संजालमा पोष्ट भएको एक भिडियोले देशका चर्चित फिल्मकर्मीहरु तथा रवि लामिछानेसहितका व्यक्तिहरुले सामुहिक भोज गरेकाे प्रष्ट देखाएको छ ।

भिडियोमा लकडाउनकाबिच एकै ठाउँ भेला भएर उनीहरुले सामुहिक भोज गरेको देखिन्छन् । उक्त पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँवर, फिल्मी पत्रकार उत्सब रसाइली लगायतको उपस्थिति रहेको छ । उनीहरु लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । स्रोतका अनुसार उक्त जमघट कलाकार अनुराग कुँवरको घरमा भएको थियो ।

केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि टन्न झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले संदेश दिएका थिए । त्यतिबेला उनले उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ भनेका थिए ।

उनले यस्तो भनेको भिडियो क्लिप सामाजिक संजालमा खुबै भाइरल भएको थियो भने तर अहिलेको रविसमेत सहभागी भएको सो भिडियोले संचारकर्मी र अभियानकर्मीका रुपमा परिचित लामिछानेजस्ता व्यक्तिमाथि नैतिक प्रश्न खडा गरेको छ । 

अन्य समय अरुका गल्तीमा चर्को विरोध र ‘के हुनुपर्थ्यो’ भन्नेसम्मका उपदेश दिन भ्याउने रविलगायतका व्यक्तिहरुले यस्तो गर्न कतिको सुहाउछ ? त्यो भने आम नेपाली जनताले बुझ्ने नै छन् । रविसहित कलाकारहरुले सामुहिक भोज खाएकाे तस्विर बाहीरिएपछि सामाजिक सञ्जालमा चर्को बिरोध भएको छ ।