अर्थ बैंकिङ कर्पोरेट ताजा खबर

एनएमबि बैंकले ल्यायो नयाँ सुविधा, अब म्यासेन्जरबाटै खाता खोल्न सकिने

एनएमबि बैंकले ल्यायो नयाँ सुविधा, अब म्यासेन्जरबाटै खाता खोल्न सकिने

काठमाडौँ - एनएमबि बैंकको अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता र मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने भएको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं ।

आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने बैंकको एक महत्वपूर्ण योजना हो ।