अर्थ कर्पोरेट ताजा खबर

अव घरमै बसीबसी सानिमा लाइफ इन्स्योरेन्सको बीमाशुल्क इ–सेवामार्फत तिर्न सकिने

अव घरमै बसीबसी सानिमा लाइफ इन्स्योरेन्सको बीमाशुल्क इ–सेवामार्फत तिर्न सकिने

काठमाडौँ  – अब ग्राहकहरुले इ–सेवाबाट पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क भुक्तानी गर्न पाउने भएका छन् । कम्पनीले हालै इसेवा मार्फत बीमाशुल्क भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । 

कोरोना भाइरसको त्रास र प्रविधियुक्त समयलाई दृष्टिगत गर्दै यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ । इ–सेवाबाट ग्राहकहरुले सजिलै बीमाशुल्क भुक्तानी गर्न सकिने बताइएको छ । 

नेपालको बीमा क्षेत्रले लामो समय पार गरिसकेको छ । नेपालमा अन्य क्षेत्रमा डिजीटल भुक्तानीको बिकास भएपनि बीमा क्षेत्रमा यसको विकास हुन सकेको थिएन । तर, पछिल्लो समय बीमा क्षेत्रमा पनि डिजीटल भुत्तानीको बिकास हुदैं गएको छ ।