कभर स्टोरी

कोरोना बीमा किन र कसरि गर्ने ? यस्ता छन् गर्दाका फाइदा र नगर्दाका घाटा

कोरोना बीमा किन र कसरि गर्ने ? यस्ता छन् गर्दाका फाइदा र नगर्दाका घाटा

काठमाडाैं । अजोड लिमिटेड इन्स्युरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बिमा समिति, जजनरल इन्स्युरेन्स र नेपाल बिमक संघमार्फत पहल गरेर कोरोना बिमा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल आजसंग किरा गर्दै उनले छोटो समयमा छिटोछरितो र सिम्पल पोलिसी डेभलप गरेर गत आइतबारबाट सुरू भएको यो कोरोन बिमा योजना अन्तर्गत १० हजारले बिमा गरिसकेको उनले बताए ।

कोरोना बिमा मध्यम बर्ग र बिशेष गरी कर्मचारीहरुलाई लाख्सित गरि ल्याइएको उनको भनाइ छ । 'चार पाचँ दिनकाे दौरानमा पचास लाखजतिको प्रिमियम चाही संकलन भएको छ । यो दुईटा क्याटगरी छ । यो चाहिँ अलिकति मद्यम बर्गको मान्छेलाई तार्गेट  गरेर लिएको हो। बिशेष गरेर कर्मचारीलगायतलाई ।' उनले भने -'नेपालमा अइलेसम्म त  ट्रीटमेन्ट नेपाल सरकारले गरिराखेको छ तर त्यसमा अनसिङ कस्ट पनि धेरै हुन्छन् । त्यहिअनुसार उसको कुरूवाहरू पनि हाेलान, केहि समय घरमै बस्नुपर्ला । उसलाई आर्थिक क्षति त हुने भयो । त्यो रिकभरीको लागि अलिकति आर्थिक रुपमा सजिलो होस् भनेर यो पोलिसी ल्याइएको हो ।'

कोरोना संक्रमतिहरुको हकमा पिसिआर प्रविधिबाट पोजेटिभ देखिएपछि आफुहरुले सबमिशन बराबरको पैसा भने कम्पनीले दिने उनको भनाइ छ । 'र्यापिङ टेस्टलाई हामी मान्यता दिदैनौं। पिसिआर प्रविधिबाट पोजेटिभ देखिएपछि हामीले सबमिशन बराबरको पैसा एकमुष्ट दिन्छौं।' उनले भने - 'यो नेपालको २० वटै बिमा कम्पनी र पुनर्विमा कम्पनी मिलेर गरेको हो र हरेक कम्पनीको ४ प्रतिशत सेयर हुन्छ । २० प्रतिशत नेपाल पुनर्विमा कम्पनीको हुन्छ । प्रिमियम र दावी भुक्तानी पनि त्यहि रेसियोमा जान्छ ।'

यो विमा सेवा व्यक्ति, परिवार, संघ सस्थाका स्टाफहरुले लिन पाउने उनले जानकारी दिए । 'यो चाहि व्यक्तिले पनि लिन पायो, उसको परिवारले अनि लिन पायो र संघसस्थाका स्टाफहरुले पनि लिन पायो ।' उनले भने -'एउटा व्यक्तिको लागि १ लाखको १ हजार छ भने ५० हजारको ५ सय छ । यस्तै  परिवार र संस्थागतरुपमा गरेको बिमा गरियो भने १ लाखलाई ६ सय र ५० हजारलाई ३ सयको दरले पैसा लाग्छ । यसमा २० रुपैयाको टिकट लाग्छ तर भ्याट लाग्दैन । त्यति पैसा तिर्यो भने उसले सुरक्षित हुने अवसर पाउछ ।'

अहिलेको कोरोना बिमा पोलिसी सामाजिक उत्तरदायित्व अनुसार नै आएको उनले बताए । भोलि भयावह अवस्था आए पनि आफुहरुले बिमा गरेका व्यक्तिहरुको बिमाको पैसा तिर्नैपर्ने उनको प्रष्ट पारे। अहिले चाँही आफुहरु अन्तराष्ट्रियरुपमा पुनर्विमा गरिनसकेको भन्दै उनले भोलि ठुलै विपद आइलाग्ने सम्भावना भए एउटा लिमिट लिने वा किन्ने भन्ने  टुङ्गो लाग्न बाँकी रहेको बताए ।

अहिले बिमा गर्दा सानो पैसाले भोलि आइपर्ने समस्यामा आर्थिक सपोर्टिङको रुपमा काम लाग्ने उनको बुझाइ छ ।'बिमा गर्दाखेरी सानो पैसाले उसलाई भोलि परिहाल्यो भने आर्थिक सपोर्टिङको रुपमा काम गर्छ । उनले भने -'यो एक बर्षको पोलिसी हुन्छ र १५ दिनको वइटिङ पिरियड हुन्छ । किनकी १४ दिन त क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ ।'

तर बिमा गरेको १५ दिनभित्र पिसिआर पोजेटिभ देखिए आफुहरुले पैसा नदिने उनले बताए । कोरोना बिमा बिदेसमा भएकाहरुको हकमा भने लागु नहुने उनले उनले प्रष्ट पारे । 'यो विदेशमा कभर हुदैन, नेपालमै बस्नेलाई मात्र कभर हुने हो ।' उनले भने- 'यदि बिमा गरेको व्यक्ति विदेश जानुपर्यो भने जानकारी गराएर जानुपर्यो, फर्केर आएपछि फेरी उसको १५ दिनको वइटिङ पिरियड रहन्छ त्यसपछि मात्रै त्यो पोलिसी लागु हुन्छ ।'

कोरोना बिमा गरिएका व्यक्तिलाई यदि कोरोना पोजेटिभ देखिए ७ कम्पनीले दिनभित्रमा बिमा भुक्तान गर्ने उनले बताए । बिमा भुक्तानीका लागि एउटा क्लेमफर्म, पोलिसीकपी र नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट कोरोन पोजेटिभ भएको प्रमाण पेस गर्नुपर्ने उनले जानकरी दिए । बिमा गर्ने बेलामा पनि नेपाली नागरिकताको फोटोकपी, परिवारका सदस्यको एउटा आइडी नम्बर राखेर सबैको नाम उल्लेख गरे मात्रै पुग्ने उनले बताए ।

साथै कोरोना बिमा गर्नका लागि अनलाइन अप्लाई समेत गर्न सकिने छ । तरअ नलाइन अप्लाई गरिए पनि रकम लिएर बुझाएको दिनदेखि मात्रै पोलिसी लागु हुने उनको भनाइ छ।