समाचार विदेश

पानीजहाजका १२८ जनामा कोरोनाभाइरसको संक्रमण

पानीजहाजका १२८ जनामा कोरोनाभाइरसको संक्रमण

अष्ट्रेलियाबाट अन्टार्टिकाका लागि गएको पानीजहाजका यात्रीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सो पानीजहाजलाई उरुग्वेमा रोकिएको छ ।

२१७ यात्रीसहितको उक्त पानीजहाजका १२८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

यद्यपि, ८९ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । नेगेटिभ रिपोर्ट आएको यात्रीहरुलाई भने उद्धार गरिएको छ ।

‘द ग्रेग मोरटाइमर’ नामको पानीजहाज अष्ट्रेलियाको अरोरा कम्पनीको रहेको र गत मार्च १५ मा अन्टार्टिकाका लागि प्रस्थान गरेको थियो ।

संक्रमितमध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उरुग्वेको अस्पतालमा ‘आइसोलेसन’मा राखिएको छ भने अरुलाई भने पानीजहाजमै आइसोलेसनमा राखिएको छ ।