समाचार खेल

स्मिथको चाहना भारतमा टेष्ट जित्ने

स्मिथको चाहना भारतमा टेष्ट जित्ने

अष्ट्रेलियन स्टार ब्याट्सम्यान स्टिभ स्मिथले भारतीय भूमिमा टेष्ट सिरिज जित्न चाहेको बताएका छन् ।

आईपीएल फ्रेन्चाइज टिम राजस्थान रोयल्सले सार्वजनिक गरेको पोड्कास्टमा स्मिथले भारतीय भूमिमा टेष्ट जित्न चाहेको बताएका हुन् ।

स्मिथले न्युजिल्याण्डका इश सोधीसँग कुरा गर्दै भारत बलियो टिम रहेको र उसलाई हराउनु मुस्किल रहेको समेत बताए ।

'म भारतमा टेष्ट सिरिज जित्न चाहान्छु,' विश्वका उत्कृष्ट ब्याट्सम्यान स्मिथले भने, 'अष्ट्रेलियन क्रिकेटरको नाताले एसेस सिरिजलाई ठुलो मान्छौं, विश्वकप ठुलो मान्छौं । तर, मेरो विचारमा भारत विश्वको नम्बर १ टिम हो र उनीहरुसँग खेल्न निकै मुस्किल छ । त्यसैले म त्यहाँ जित्न चाहन्छु ।'

यस्तै स्मिथले आफ्नो अर्को चाहना भनेको हरेक खेलमा आफ्नो खेलमा सुधार चाहने बताए ।

स्मिथले सबकन्टिनेन्टमा रबिन्द्र जडेजाको सामना गर्नु मुस्किल लाग्ने बताए ।