समाचार विदेश

डब्लुएचओ चीन परस्त : ट्रम्प

डब्लुएचओ चीन परस्त : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीन परस्त भएको आरोप  लगाएका छन्। उनले अहिलेको अवस्थामा डब्लुएचओलाई दिँदै आएको सहायता रकम समेत कटौती गर्ने चेतावनी दिएका छन्।

 पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, 'अमेरिकाले डब्लुएचओलाई सबैभन्दा बढी सहयोग गर्दै आइरहेको छ। आउने समयमा हामी त्यो सहयोग रोक्न गइरहेका छौं।'

उनले डब्लुएचओको आलोचना गर्दै भने, 'जब हामीले यात्रामा प्रतिबन्ध लगायौं तब डब्लुएचओले त्यसले आलोचना गर्‍यो। डब्लुएचओले कोरोना संक्रमणलाई लिएर धेरै गल्ती गरेको छ। उनीहरुले यस भाइरसको बारेमा पहिला नै चेतावनी दिनुपर्थ्यो।'

यद्यपि, ट्रम्पले अहिलेकै महामारीको अवस्थामा सहयोग रकममा रोक नलगाउने बताएका छन्। 'अहिले नै सहयोग रोक्छौं भनेर मैले हेरेको छैन। तर, आउने दिनमा यसप्रति हामी विचार गर्छौं,' उनले भने।