समाचार खेल

युवराजद्वारा कोरोनाबिरुद्व लड्न ५० लाख सहयोग

युवराजद्वारा कोरोनाबिरुद्व लड्न ५० लाख सहयोग

 पूर्व भारतीय स्टार क्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग घोषणा गरेका छन् । उनले शनिबार साँझ प्रधानमन्त्री कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

​​​​​​भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन् । कोरोना महामारीबाट भारतमा ३५ सय बढी मानिस संक्रमित भएका छन् भने ८० बढी मानिसले ज्यान गुमाएका छन् ।

युवराजले ट्वीटर ह्याण्डलमा लेखेका छन्, 'यस एकता देखाउनेवाला दिनमा प्रधानमन्त्री रक्षा कोषमा ५० लाख रुपैयाँ दान दिने बाचा गर्छु । कृपया तपाईपनि आफ्नो तर्फबाट सक्दो योगदान गर्नुहोस ।'