समाचार विदेश

अमेरिकामा मान्छेबाट बाघ ‘कोरोना संक्रमित’

अमेरिकामा मान्छेबाट बाघ ‘कोरोना संक्रमित’

कोरोना भाइरसको विश्वव्यापी महामारीको सामना गरिरहेको समयमा अर्को खराब खबर आइपुगेको छ । मानिसबाट मानिसमा सरिरहेको भाइरस अब मानिसबाट जनावरमा पनि संक्रमण भएको हो ।

अमेरिकाको न्यूयोर्कमा मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक एउटा बाघ विरामी परेको खबर छ । ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार एउटा बाघलाई कोभिड–१९ भएको जानकारी दिएका हुन् ।

सो चिडियाखानामा रहेको चार वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

नादियासहित चिडियाखानाका अरु तीन बाघ र तीन सिंहमा सुख्खा खोकी लागिरहेपछि सबैभन्दा बढी बिरामी नादियाको कोरोनाको परीक्षण गर्दा संक्रमण देखिएको हो ।

कोभिड–१९ भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आएकोमा यसअघि हंगकंगका केही जनावरको परीक्षण गर्दा पनि ‘पोजेटिभ’ देखिएको थियो ।