समाचार स्वास्थ्य

सुदूरपश्चिममा झण्डै साढे दुई हजारजना क्वारेन्टाइनमा

सुदूरपश्चिममा झण्डै साढे दुई हजारजना क्वारेन्टाइनमा

कोरोना भाइरसको संक्रमणको आशंकामा रहेका सुदूरपश्चिममा झण्डै साढे दुई हजार जनालाई क्वारेन्टाइनमा राखेको दावी गरिएको छ ।

प्रदेश स्वास्थ्य आपतकालिन संचालन केन्द्रले भारत तथा अन्य मलुकबाट फर्किएका दुई हजार तीन सय ३६ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैतडीमा सबैभन्दा बढी चार सय ९५ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै कैलालीमा ४ सय ५१ जना, कञ्चनपुरमा एक सय ७०, दार्चुलामा २ सय १०, डडेल्धुरामा ९१, डोटीमा चार सय २८, बझाङमा ३ सय २२, अछाममा ५६ र बाजुरामा एक सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशभरी स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले पाँच हजार ३८ शैयाका क्वारेन्टाइन स्थापना गरेका छन् । कैलाली र कञ्चनपुरका चार जना कोरोना संक्रमित भएका छन् ।