विदेश प्रवास

अमेरिकामा ५०० नेपालीलाई कोरोना भाइरसको संक्रमण

अमेरिकामा ५०० नेपालीलाई कोरोना भाइरसको संक्रमण

अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष डा.केशव पौडेलका अनुसार   करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

 एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले पनि अनौपचारिक तथ्याङ्क सङ्कलनका क्रममा  ५०० जना जति नेपाली तथा नेपाली मूलका मानिसहरु कोरोना भाइरसको सङ्क्रमित भएको बताएका छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।