समाचार स्वास्थ्य राजनीति

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर : मन्त्री ढकाल

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर : मन्त्री ढकाल

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन् ।

जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्वपूर्ण साथ रहेको भन्दै उहाँले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गरे ।

मन्त्री ढकालले  अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोभिड–१९ सर्न नदिनका लागि काम भइरहेको बताए ।

उनले नेपाल र भारतको सीमामा रहेका नागरिकका लागि दुवै देशले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने विषयमा पनि काम भइरहेको जानकारी दिए ।