अर्थ बैंकिङ कर्पोरेट ताजा खबर

सनराइज बैंकको ‘मुद्दती निक्षेप खाता’ घरबाटै खोल्ने सकिने

सनराइज बैंकको ‘मुद्दती निक्षेप खाता’ घरबाटै खोल्ने सकिने

काठमाडौं - सनराइज बैंकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’ बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ । 

उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज ८ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त मुद्दतीको न्यूनतम अवधि तीन महीना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बताइएको छ । बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ ।