अर्थ बैंकिङ कर्पोरेट ताजा खबर

अव घरमै बसेर कामना सेवा विकास बैंकको सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्न सकिने

अव घरमै बसेर कामना सेवा विकास बैंकको सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्न सकिने

काठमाडौँ - कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबार (बैशाख १६ गते)देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 

अव ग्राहकहरुले घरैमा बसेर बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । 

यसै गरी बैंकले बिक्रम संवत २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कमचारीहरुद्धारा खिचीएका तस्विरहरु प्रयोग गरिएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरे ।