अर्थ कर्पोरेट ताजा खबर

अम्बे स्टील्सले गरे कोरोना उपचार कोषमा २५ लाख सहयोग

अम्बे स्टील्सले गरे कोरोना उपचार कोषमा २५ लाख सहयोग

काठमाडौँ - कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको संघीय सरकारले स्थापना गरेको सहयोग कोषमा अम्बे स्टीलस् प्रा.लि.ले रु. २५ लाख सहयोग गरेको छ । अम्बे स्टील्सका अध्यक्ष शोभाकर(हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका हुन् । 

नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्ले यस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताइएको छ । आफ्नो स्थापनाकालदेखि नै समाजिक कल्याणका लागि अम्बे स्टील्स विविध कामहरु गर्दै आएको छ ।

ADVERTISEMENT