अर्थ कर्पोरेट

टेमासेक फाउन्डेशनद्वारा नेपाली सेनालाई १० हजार थान किट हस्तान्तरण

टेमासेक फाउन्डेशनद्वारा नेपाली सेनालाई १० हजार थान किट हस्तान्तरण

काठमाडौं - टेमासेक फाउन्डेशनले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने किट सहयोग गरेको छ । कोरोनाको उपचारमा सहज बनाउन फाउण्डेसनले नेपाली सेनालाई १० हजार थान किट प्रदान गरेको हो । 

नेपालमा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेपनि हरेक क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाउन नसकेको बेला आफूले गरेको सानो सहयोगले परीक्षणमा सहज हुने फाउण्डेनसले विस्वास लिएको छ ।

टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले उच्च प्रविधि र अनुसन्धानकर्ताहरुले डिजाइन गरेको उक्त किट कोरोना परीक्षणका लागि प्रभावकारी हुने बताएका छन् ।