अर्थ बैंकिङ

अध्यक्षले हरेकजसो काममा 'बखेडा' झिकेपछि ज्योति बिकास बैंकका सीइओले बैंक छोडे !

अध्यक्षले हरेकजसो काममा 'बखेडा' झिकेपछि ज्योति बिकास बैंकका सीइओले बैंक छोडे !

काठमाडौं - ज्योति विकास बैंकका अध्यक्षले हरेक काममा बखेडा झिकेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पदबाट मनोज ज्ञवाली बाहिरिएका छन् । उनले आफ्नो कार्यकाल बाँकी रहँदै बैंकको सीईओ पदबाट बाहिरिएका हुन् । उनले यहि बैंशाख १५ गतेबाट लागू हुनेगरी बैंकको सीईओबाट बिदा हुने छन् ।

चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनको बैंकिङ तथा पूँजी बजारमा करिव २१ बर्षको अनुभव छ । उनले काम थालेपछि ज्योति बिकास बैंकले निकै राम्रो प्रगति गरेको थियो ।  तर अध्यक्षले आफुले भने अनुसार नगरेको भन्दै उनका हरेकजसो काममा बखेडा झिकिरहेका थिए ।

ADVERTISEMENT