विचार

प्रधानमन्त्री ज्यू योजना कसरि बनाउँदै हुनुहुन्छ ?

प्रधानमन्त्री ज्यू योजना कसरि बनाउँदै हुनुहुन्छ ?

प्रधानमन्त्री ज्यू योजना कसरि बनाउँदै हुनुहुन्छ ?

चन्ददीप लामिछाने
ऊप-प्राध्यापक (त्रिभुबन बिश्वबिद्यालय)

लकडाऊन डायरी  


२०७२ सालमा ठूलो भूकम्प गयो देशमा । त्यसबेला प्रधानमन्त्री थीए शुशील कोईराला । जताततै बिनास र हाहाकार भयो। यस्तो बेला जनताले स्वाभाविक रूपमा आफ्नो अभिभावकत्व खोज्ने रहेछन तर त्यसबेलाका माननिय प्रधानमन्त्री ज्यू पटकै नबोल्ने । ढुंगा बोल्ला आफू बोल्दै नबोल्ने । हामीलाई यतिसम्म हुन्थ्योकी थोरै मोटीभेशन को कुरा मात्र गरिदिए पनि हुन्थ्यो नि प्रधानमन्त्रीज्यू ले तर ऊहा बोल्न पटक्कै रुचाउनु हुन्नथ्यो । बिस्तारी- बिस्तारी जनताको आफ्नै बलबुताले देश लयमा फर्कन थाल्यो। जे-जस्तो र जसरी भए पनि संसारले तत्कालको लागि केहि न केहि सहयोग गरे नेपाललाई । कत्ति दिन ईमाडोलको आकास बिदेशी जाहाजहरूले एक छिन खाली भएनन् । ठूला-ठूला जहाजहरु बिश्वका बिभिन्न देशहरुबाट बाट आईरहे सहयोगको लागि। हजारौ प्रशिक्षित बिदेशी स्वयंसेवकहरु सहयोगको लागि फिल्डमा खटिएका थिए त्यसबेला।

आज हामीहरू फेरि अर्को महासंकटमा छौ। यो बेला न दुनियाँ ले हाम्रो समस्या देख्न सक्छ न सुन्न नै। यदि देखे पनि केहि सहयोग गर्न सक्ने स्थिति नै छैन। हामीहरू देश भित्रै पनि एक-अर्कोलाई भने जति सहयोग गर्ने अबस्थामा नै छैनौ अहिले। समस्याको प्रकृति नै बिचित्रको छ। कसैको नजिक जानै नहुने । घरमै थुनिएर बस्नु पर्ने।

एकातिर देशमा रोगको संक्रमण को खतरा छ । अर्कोतिर खाद्यान्न अभावले भोकमरीको डरलाग्दो रूप नजिकै आउदै गरेको भान हुन्छ कहिलेकाही । हाम्रो देश त क्या सुरक्षित छ भनेर छाती फुलाऊने युरोपका कत्ति देशहरूलाई अहिले कोरोना भाईरसले बिस्तारी खान थालेको छ। उनीहरूका स्पेकुलेशनहरू फेल हुन थालेका छन् । यस्तो अबस्थामा कहिलेकाहीँ डरलाग्दा दृश्यहरू आँखा अगाडि नाच्न थाल्छन् । स्वाभाविक हो यस्तो स्थितीमा फेरि आँखा र ध्यान तपाई माननिय प्रधानमन्त्री तिरै जाने रहेछ हामीहरूको । धेरैले चीठी लेखेको लेखै हुनुहुन्छ - प्रधानमन्त्री ज्यू यसो गरौ, उसो गरौ भनेर । यो चीठी लेख्ने प्रकृया अहिले हैन, अलि आगाडि देखिनै जारी थीयो। ठूला-ठूला मान्छेहरूले पनि चिठी लेख्दै गरेको देखिन्छ सायद उहाँहरुको पनि तपाईसँग सिधा सम्पर्क रैनछ क्यारे ? हामीहरू घरमा बसेर ती चीठीहरू पढ्छौ। ठूला-बडाका ती चीठीहरू पढ्दा ए अबत प्रधानमन्त्री ले यो चीठी पढे होलान् केहि हुन्छकि भन्दै आशा पनि गर्छौ। फुर्सद छ यसो हामी पनि कहिलेकाही लेखि टोपल्छौ। संयोग हुन्छ वा योजना, हामीले थाहा पाउने कुरा त भएन तर एक-दुई दिनमा तपाईका नजिकका कार्यकताहरू सामाजिक संजालमा देखिन्छन् र भन्छन् - प्रधानमन्त्री ज्यू अब ढिलो हुन आट्यो राष्टको नाममा संबोधन गरिबक्सनु पर्यो । केहि दिन पछि प्रधानमन्त्री ज्यूको संबोधनको योजना बन्छ पनि । नेपाल टेलिभिजनको ताम-झाम सुरू हुन्छ । अन्य टिभिहरूपनि बिषयान्तर हुन पाएकोमा चुरीफुरी देखाए जस्तो गर्छन्। अनि हाम्रा आँखाहरू केहि आशामा टिभि च्यानलहरू तिर सोझिन्छन्। प्रधानमन्त्री ज्यू तपाई आऊनु हुन्छ, अनि अलिकति दम्भ र अलिकति शानले बोल्नु पनि हुन्छ । एकहप्ता पछाडि फेरि नयाँ बर्ष आयो । त्यहाँ पनि त्यहि र त्यस्तैनै लामो संबोधन भयो तपाई बाट। अनि हामी फेरि सोच्नथाल्यौ अब चै काम हुन्छ होला । तपाई ट्वीटर मा पनि सक्रिय हुनुहुन्छ । आज टेकु अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित निको भएर २७ दिनपछि घर फर्कदै गर्दा स्वास्थ कर्मीहरुलाई बधाई दिदै ट्विट गर्नु भएछ। धेरै खुसी लाग्यो । अघिल्लो पटक निको भएकी बिरामी को के छ खबर कुन्नि ? ऊहा त मोफसलमा हुनुहुन्छ क्यारे । त्यहाका स्वास्थ्यकर्मी र उहाँलाई पनि संझन नबिर्सनु होला।

म फेरि त्यसबेलाको भूकम्पको कुरा जोड्न चाहन्छु। एकजना भूपू प्रधानमन्त्री ले त्यसबेला भनेको याद आऊछ- यदि एऊटा पुननिर्माण आयोग गठन गरेर त्यसको जिम्मा मलाई दिए म प्रोटोकलनै बिर्सेर दिलो-ज्यान दिएर सहयोग गर्न तयार छु । मलाई थाहा छैन ती भूपू प्रधानमन्त्री किन त्यसो भन्दै थिए ? साच्चिकै काम गर्ने अभिलाषा थियो वा कुनै फेमको आकांक्षा थीयो।

आज थोरै अचम्मित परेको छु। एकातिर तपाईले स्वास्थ्यकर्मीहरूको सम्मानमा ट्विट गरिरहदा त्यहि अस्पताल कै एक संक्रमित रोग बिशेषज्ञ डक्टरलाई तपाईकै मन्त्री ले कार्यबाही गर्नु भएको छरे । कारण के हो हामीलाई थाहा छैन। भर्खरै एऊटा टेलिभिजनमा तपाईका शक्तिशाली अर्थमन्त्री भन्दै हुनुहुन्थ्यो- "अहिले श्वास्थ सामाग्रीहरु खरिदको कार्यमा कुनै अबरोध नगरौ । अहिले जसरी पनि यो समस्या बाट पार पाउनु छ। पछि सबै ठिक भएपछि सबैकुराको छिनोफानो गरौला"।
 

तर यी डाक्टरले केहि छुटफुट काम बिगारेका भएपनि यीनका लागि भने यो छुट रैन छ हैन त प्रम ज्यू ? यस्ता साना भूरे-टाकुरे हामीलाई सम्म कुरीकुरी लाग्ने काम के गरेका तपाईका मन्त्रीले ? हामीले अगाडि नै भनेका थियौं- शहरबाट बाहिर घर जान्छु भनेका हाम्रा दाजुभाइ- दिदीबहिनीहरुलाई सुरक्षित तरीकाले घर जाने ब्यबस्था गरौ। तर २५-२६ दिन पछाडि त्यो पनि आफ्ना कार्यकर्ताहरूलाई एक ठाऊबाट- अर्को ठाउँमा जिम्मा लगाउँदै बिचरा र बेसाहारा जस्तो बनाउँदै यी हाम्रा दाजुभाइ-दिदीबहिनीहरु लाई निगाहा बक्से जस्तो के गरेको तपाईहरूले ? फेरि तपाई बाहिर पठाउने व्यवस्था मिलाउँछु भन्दै हुनुहुन्छ। अहिले आएर यहाका रैथाने मेयरसापहरु लकडाऊको पच्चीस दिन पछाडि सहर नछोड्नुस् हामी खाना खान दिन्छौ पनि भन्दै हुनुहुन्छ । यत्रो दिन सम्म ऊहाहरूको हरि कता हराएको रहेछ । बुझ्ने कोशीस गर्नुस्न एक पटक । तर जे भएपनि उहाहरूलाई सुरक्षित तरिकाले घर पठाऊनु नै ठिक हुन्छ । यहाँ सेना छ। पुलिस छ। तपाईंहरूकै अफीस तथा ब्यबसायहरूमा लगाएका गाडिहरू खाली छन् अहिले । यसो गर्ने मन नभएपनि अन्य ब्यवसायीहरुको गाडिहरू काम नभएर अहिले घरमा थन्किरहेको अबस्था छ। जिम्मा दिनुस्न उनिहरूलाई पूर्ब सुरक्षा सतर्कताका नियमहरू बनाएर। कत्तिले सित्तैमा लग्लान् । कतिले थोरै पैसामा लगिदिन्छन् । अबत धरैले बुझिसकेकै छन् के गर्नु हुन्छ? के गर्नु हुदैन भनेर ?

यो कुरा हामीले दश दिन अगाडिनै भनिसकेका थियौ । तपाईको आदेश र सर्वोच्च अदालतको आदेश आऊननै एघार दिन लाग्यो यति सानो कुरामा पनि । यसको त तपाईहरूले लकडाऊन को एक हप्ता अगाडिनै योजना बनाउनु पर्दथ्यो। तपाईंहरूकै खाट्टी कार्यकर्ता भन्दै हुनुहुन्छ कि तपाईका सल्लाहकार र सचिवालय नै ४०-५० जनाको जम्बो हुन्छ रे । त्यसमाथि राज्यका आधिकारीक अंगहरू सबै तपाईका सल्लाहकार र एक्जुकेटिभ बडि हुन, हैनर ? अहिले मन्त्रीहरू यो समस्यामा जनतासँग एकाकार हुन सकिरहेका छैनन्। ऊनिहरू गुप्तबास बसेका जस्ता देखिन्छन् । अनुहारको मनोबिज्ञान बुझ्न पनि गारो छ । मीटिङमा बस्दा तथा केहि बोल्दा पनि माक्समा हुन्छन् मन्त्रीहरू । लगाउनु पनि पर्यो , संक्रमण को कुरा छ । आज- भोलि देखिनै कृषिमा जनतालाई जोड्ने स्टिमुलश प्याकेज घोषणा गरिहाल्नुस् भनेका थियौ हामीहरूले। तपाईले गाडिमा हालेर घर नपुर्याईदिए पनि यी बीर गोर्खालीहरु बिभिन्न दुख कष्टहरु झेल्दै घर पुग्न थालिसकेका छन् । केहि दिन पछाडि सरकार तथा काठमाडौं-पोखरा जस्ता सरहरूलाई सराप्दै सबै आ-आफ्नो घर पुगिसकेका पनि हुनेछन । एक-दुई हप्तापछि उनिहरूलाई आर्थीक गतिबिधिहरुसंग कसरी जोड्ने ? आजका रामकुमारी झाँक्री जस्तै हिजोका योगश दाजु र घनश्याम दाजुहरू त बेपत्ता हुनुहुन्छ त अहिले । पक्कै यस्तै योजना बनाऊन ब्यस्त हुनुहुन्छ होला हैन ? म त भन्छु यस्तो संकटको बेलामा पार्टी- साटी छाड्दिनुस् । देश- जनता रहे न पार्टी हुने हो । तपाईको कामको हरेक दिन जानकारी दिने स्वास्थ मन्त्रालयका प्रवक्ता ती डाक्टर साहेब मलाई आज भोलि खुब मन पर्न थालेको छ। बिस्तारी बोल्छन्। बस्तुस्थितिको राम्रो जानकारी दिन्छन्। सबै मन्त्री को काम यीनैले गर्दैछन् ।

प्रीय प्रधानमन्त्री ज्यू तपाईलाई पक्कै नै न्यूयोर्कका गभर्नर एन्डुय्रु क्योमो को हरेक दिन न्यूयोर्कमा हुने प्रेश कन्फरेन्स हेर्न तपाईका सल्लाहकारहरूले सुझाएका होलान् नै । मत हरेक दिन छुटाऊदिन । राती साडे नौ बजे तिर यी गभर्नर सिएनएन टेलिभिजनमा लाईभ आऊछन् हरेक दिन । म भाईरस डायरी पनि लेख्दैछु फुर्सदमा। त्यो पत्रकार भेटमा डाक्टर- एक्सपर्ट पनि हुन्छन् ऊनि सगै। हेर्नुस् त ति नेताको प्रस्तुती, ऊनले बिश्लेषण गर्ने मोडेल, योजना तथा कार्यन्वयनको तयारी र हरेक दिनको फिडब्याक ( यद्यपि अहिले न्यूयोर्क भाईरस संक्रमण ले सबै भन्दा बढि आक्रान्त छ)। तपाई पनि लि क्वान र माथीरको फ्यान हुनुहुन्छ भन्ने कतै पढेको थीए। यस्तो संकटको बेला कुन्नी- कता पीत पार्टीकरणको शिकार बन्न खोज्दै हुनुहुन्छ हामीले नबुझेको ? अब जनताले बिश्वाश गरेका ब्यक्तित्व तथा बिषेषज्ञहरूलाई काम बिभाजन गरेर जिम्मेवारी दिन ढिलो नगर्नुस् । यी सेता हात्ती जस्ता सल्लाहकार का डफ्फाहरूलाई सम्मानपूर्वक बिदाई गर्नुस्।

अन्यथा नसोच्नुहेला। प्रधानमन्त्री बलियो हुदा राष्ट बलियो हुन्छ । तपाईलाई साच्चिकै सहि सल्लाह कस्ले दिन्छ त्यसको खोजी गर्नुस् । पाऊन गार्हो छैन । निशुल्क पाऊनु हुनेछ । ब्रेक थ्रु गर्न हिम्मत गर्नुस् । राजनेता बन्ने मौका पनि यस्तै बेला हो ।

दश पन्ध्र दिन पहिले सब ठिक ठाक छ भन्ने तपाईकै बिशेषज्ञ मन्त्री युबराज खतिवडा भन्न थालीसक्नु भएको छ - अब हामीलाई गार्हो होला जस्तो छ भनेर। यो समस्या चाडै समाधान होला जस्तो पटक्कै छैन। त्यसको एऊटा प्रमुख कारण हो भारत । भारतमा संक्रमण ब्यापक रूपमा बढिरहेको छ । अब हामी सोचौन भारतको समस्या समाधान नहुदा सम्म सप्लाई चेन ब्यबस्थापनको बिकल्प के हो हाम्रो देशमा अबका केहि दिन पछि ? तपाईलाई यो थाहा छैन कसरी भनौ किनकि ईन्टेलिजेन्समा तपाई अब्बल हुनुहुन्छ भन्छन् धेरै मान्छेहरू । अब निश्चयनै हो, सहकार्य- समन्वय र सहभागितामा नभई यो युद्ध जित्न सकिदैन । समय भडकिएपछि के अर्ध भयो र ?

कतै सुनिहालिन्छकि भनेर हामीले यो लेख्ने गरेको हो । देशका शुभ- चिन्तकहरु हौ। अन्यथा लिनु हुने छैन भन्ने लागेको छ। थप आबश्यक सल्लाह पत्रिकाले फेरि पत्याए भने अर्को चिठीमा लेखौला नभए फेसबुकमा पोस्ट गर्ने छु।