विचार

नेपालमा लकडाउन भएको अबस्थामा गैर नेपालीहरु के कति उधेश्य र प्रयोजनको लागि नेपाल प्रवेश गरे ?

के कति कारणले गाउँ पालिका अध्यक्ष स्वयंले समन्वय गरेर विभिन्न मस्जिदहरुमा बन्दोबस्त मिलाए ?

नेपालमा लकडाउन भएको अबस्थामा गैर नेपालीहरु के कति उधेश्य र प्रयोजनको लागि नेपाल प्रवेश गरे ?

एक नारायण पौडेल                          

चैत १९ मा भारतीय सुरक्षा बललाई ढुङ्गामुढा गर्दै जबर्जस्ति भारतबाट नेपाल प्रबेश गरेका भनिएका भारतीय मुस्लिम सहित २५ जना  पाकिस्तानी , इन्डोनेसियन जमातीहरु जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मुखिया अन्सारीको समन्वयमा भारतीय नाकाबाट  १० वटा मोटरसाइकलमा ल्याएर छपकैया बडा न २ को मस्जिद र यतिखाना मस्जिद  (अलि अस्गरको संचालनमा रहेको ) मा बस्दै आएको कुरा समचारमा आए जस्तै सत्य हो भने नेपालमा लकडाउन भएको अबस्थामा गैर नेपालीहरु के कति उधेश्य र प्रयोजनको लागि नेपाल प्रवेश गरे ? के कति कारणले गाउँ पालिका अध्यक्ष स्वयंले समन्वय गरेर विभिन्न मस्जिदहरुमा बन्दोबस्त मिलाए ? के यो  धार्मिक प्रयोजन र उधेश्य राखेर वा भारत सरकार / प्रशासनले मुस्लिम समुदायमाथी असहिष्णुता देखाउदै आएको भयले उनीहरु बच्नको लागि नेपाल प्रबेश गरेका हुन वा अन्य कुनै अपराधीक क्रियाकलाप वा कोरोना संक्रमण फैलाउने उधेश्य सहित जबर्जस्त नेपाल  आएका थिए ?? जुन कुरामा जालिम मुखिया अन्सारी  अनभिज्ञ थिए वा प्रत्यक्ष अप्रत्यक्ष उनी समाहित थिए सो कुराको गहिरो अनुसन्धान हुनु पर्दछ । 

कोभिड १९ को महामारी बिश्वका करिब २०२ देशमा फैलिएको अबस्थामा नेपालमा समेत यसको सक्रमण बिस्तारै बढ्दै गएको छ । सरकारले सहि समयमा गरेको लकडाउनको निर्णयले पक्कै पनि यसको रोकथाममा ठुलो भुमिका खेलेको छ । यद्यपि सरकारको फितलो , कमजोर तथा बिबादास्पद  मेडिकल सामग्रीको  खरिद तथा ब्यबस्थापनले कयौं जोखिमहरु निम्त्याएको छ । देशका विभिन्न सरकारी  तथा अस्थाई कोरोना अस्पतालमा पर्याप्त  पिपिआई सेटको अभावले अझैपनि छिटोछरितो उपचार हुन सकेको छैन भने खर्बौ रुपैयाँको  लगानीमा खुलेका  निजि अस्पतालहरुको गैर जिम्मेवारी उदेक लाग्दोछ । सरकारले पर्याप्त पिपिआई सामग्री  उपलब्ध नगराएको भनि निजि अस्पतालहरुले सामान्य ज्वरो, मौसमी रुघाखोकीका बिरामी समेतको उपचार नगरी अन्य अस्पतालमा रिफर गर्दै आएका छन । राज्यबाट अर्बौं रुपैयाँ अनुदान र सहुलियत लिने काठमाडौका तथा मोफसलका निजि अस्पतालले आफ्नो भवनमा हेलि प्याड सहितको उपचार दिन सक्छ । प्रशस्त पैसा असुल्न सक्छ । आधुनिक र सुबिधा सम्पन्न अस्पताल भनेर हेलिप्याड सहितको आकस्मिक तथा जटिल शल्यक्रिया गरेर एकै बिरामीबाट लाखौं र करोडौं असुल्न सक्ने अस्पतालले  संकटको घडीमा आफ्ना  डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाको खातिर जाबो ५-६ हजारमा केही थान पिपिआई सेट किन्न नसकेर मुल ढोका नै बन्द गर्छ भने यो भन्दा ठुलो मजाक , गैर जिम्मेवार र नालायकि के होला । साथै त्यस्ता निजि अस्पताललाई सरकारले समन्वय गरेर पिपिआई सामग्री उपलब्ध गर्ने र बिरामीहरुलाई आबश्यक चेकजाँच गर्न निर्देशन दिन र अटेरी गर्ने त्यस्ता निजि अस्पताललाई कारबाहीको दायरामा ल्याउन नसक्नु सरकारको असफलता नै मान्नुपर्छ । 

एकातिर सरकारले जोखिम न्यूनीकरणको लागि  लकडाउनको समयावधि लम्बाउदै जाँदा दैनिक ज्यालादारी गरेर जिबिकोपार्जन गर्ने मजदुर , डेरावाल विद्यार्थी तथा बिपन्न परिवारको जीवन कष्टकर हुदैछ ।  दैनिक ज्यालादारी मजदुर, डेरावाल विद्यार्थी  र बिप्पन्न परिवारलाई  राहतको थप प्याकेज ल्याउनु जरुरी छ । केन्द्रको सांसद कोषमा जम्मा भएको करिब  ९ अर्ब रुपैयाँ र  संघीय सांसद कोषमा रहेको करिब ११ अर्ब ५५ करोड रुपैयाँ सहित बिश्व बैकंले उपलब्ध गराएको ३ अरब तथा सरकारी राहत कोषमा हालसम्म जम्मा भएको भनिएको करिब २ अर्ब रुपैयाँ गरि कुल २६ अर्ब रुपैयाँ  तत्काल निकासा गरि प्रभाबकारी र समुचित राहत बितरणमा स्थानीय तहमा प्रमुख प्रतिपक्षी दलको समेत रोहवरमा राहत उपलब्ध गराउन ढिलाइ गर्नु हुँदैन  । आम जनताको जनजीवनसङ्ग प्रत्यक्ष सरोकार हुने र अत्याबश्यक बाहेक अन्य बिलासिता एबम तत्काल सुचारू नगर्दा  पनि जनजीवन र अर्थतन्त्रमा खासै प्रभाव नपर्ने कलकारखाना ,कपडा पसल ,जुत्ता  पसल , काठ तथा फर्निचर उधोग/ पसल, सिनेमाहल , मेला महोत्सव , राजनैतिक भेला , परिक्षण तथा साँस्कृतिक कार्यक्रमहरुलाई थप केही दिनका लागि रोक लगाउनु पर्छ । 

अर्कोतिर भारतमा बढ्दो कोरोना संक्रमण र  खुल्ला सिमानाको कारण भारतीय भुमिबाट हुने घुसपैठ तथा भारतका  विभिन्न राज्यमा कार्यरत ठूलो  नेपाली मजदुरहरु समेत लुकिछिपी नेपाल प्रवेश गर्न सक्ने संभावना रहन्छ ।त्यसरी रातको समयमा वा चोर बाटो हुँदै नेपाल भित्रने हाम्रै देशका नागरिकले समेत अज्ञानताबस संक्रमण बोकेर आईरहेका हुन सक्छन जसले गर्दा नेपालमा यसको संक्रमण महामारीको रूपमा फैलन सक्छ । यदि  भारतमा लक डाउन केही खुकुलो बनाईएको अबस्थामा त्यसको फाईदा लिदै हजारौं नेपाली तथा गैर नेपालीहरु नेपाल प्रवेश गर्न सक्ने कुरामा  दुईमत छैन । यस कुरामा सरकार अत्यन्तै चनाखो र आबश्यक सुरक्षा ब्यबस्था कडा पार्नुको विकल्प छैन । तसर्थ ब्यारेक तथा क्याम्पमा रहेका नेपाली सेना र सशस्त्र पुलिस फोर्सलाई दक्षिणी सिमानामा २-२ किलोमीटरको दुरिमा अस्थायी क्याम्प खडा गरेर सिमापारीबाट हुनसक्ने अपराधीक क्रियाकलाप , घुसपैठ र अटेरी गरे वा जबर्जस्ति गरे गोलि हान्न सक्ने अधिकार सहित नेपाली सेनाको नेतृत्वमा सशस्त्र बल सहितको सुरक्षा रणनीति अपनाएर  बेलैमा रोक्न सकिएन भने यसले नेपालभित्र महामारीको रुप लिन सक्छ । आखिर देशमा संकट परेको बेला सेना केबल ब्यारेक भित्र थन्किएर  परेड खेल्ने छुट पाउदैन। चाहे २०७२ सालको महाभुकम्प होस वा हावाहुरीको ( हुन्डरीको ) समयमा होस जसरी सेनाले पहलकदमि लिएर जनताको धनजनको सुरक्षा तथा  घरहरु निर्माण गर्ने कार्यमा जुटेको थियो त्यसैगरि अहिलेको कोभिड १९ को महामारीलाई परास्त गर्न पनि स्वास्थ्यकर्मिको साथसाथै सुरक्षाबलको समेत त्यति नै  महत्त्वपूर्ण भुमिका रहनेछ  ।                                                         

(भरतपुर मनपा बाड न १३ चितवन, हाल - साउदी)