समाचार विदेश

विआरआईलाई सघाएका अफ्रिकीहरु चीनमै उत्पीडनको शिकार

विआरआईलाई सघाएका अफ्रिकीहरु चीनमै उत्पीडनको शिकार

हङ्गकङ्ग । चीनले कोरोनाभाईरसविरुद्धको महामारी जितिसकेको दावी गरेको छ । यद्यपि मार्च २० यता उसले आफ्नो सिमानाकाहरु र अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । विज्ञहरुले चीनमा महामारीको दोश्रो लहर उठ्न सक्ने औल्याएपछि चीनीयाँ जनताहरु त्रास झन् थपिएको छ । चीनीयाँ प्र्रशासनले अब हुने महामारीको खतरा विदेशी संक्रमितबाट आउने सक्ने प्रक्षेषण गरेपछि चीनीयाँ जनताको त्रास विदेशीविरुद्धको भावनाको रुपमा परिणत भएको जसको सबसे ठुलो मारमा त्यहाँ रहेको अफ्रिकी समुदाय परेका छन् । 

चीनको स्पवन परियोजना बेल्ट एण्ड रोड इन्सिएटिभलाई सघाएका अफ्रिकी समूदाय नै हाल सबसे बढी मारमा परेका छन् । चीनको गुञ्जाओका घरबेटीहरुले अफ्रिकीहरुलाई घरहरुबाट निकालेका छन् भने उनीहरुका लागि होटलका ढोकाहरु पनि बन्द गरिएको सिएनएनले जनाएको छ । उनीहरुले हालसालै कुनै पनि विदेश यात्रा गरेको नभेटिएपनि अथवा कुनै संक्रमितको सम्पर्क नआएको भएपनि उनीहरुलार्ई बासबिहीन बनाईएको बताइएको छ । 

सिएनएनले दुई दर्जनभन्दा बढी त्यस्ता अफ्रिकीहरुको अन्तर्वार्ता प्रशारण गरेको छ जो अहिले सडकमा रात विताउन बाध्य छन् । यद्यपि उनीहरुमा कोभिड–१९ को न त कुनै लक्षण देखिन्छ न त उनीहरु कुनै संक्रमितको सम्पर्कमा नै आएका छन् । 

यहाँ के उल्लेख गर्नु जरुरी छ भने चीनमा देखिएको आयातित संक्रमणहरुको ९० प्रतिशत संक्रमण घर फर्किएका चीनीयाँ नागरिकहरुमै देखिएको चीनीयाँ उप–विदेश मन्त्री लुओ झाओहुईले मार्च २६ मा बताएका थिए । तर निशानामा भने अफ्रिकी समुदाय परेका छन् । चीन अफ्रिकी जनता उत्पीडनको शिकार भईरहदा मन्त्री लुओले भने कोरोनाभाईरसको रोकथामका लागि अफ्रिका र चीन एक साथ रहेको भन्न छुट्टाएनन् ।

गुञ्जाओमा अफ्रिकीहरुको संख्या कति छ भन्ने यकिनको साथ बताउन सकिदैन तर सन् २०१७ भने करीब ३ लाख २० हजार अफ्रिकी यहाँ आईपुगेको तंथ्याक देखिन्छ ।  

स्रोत : https:/edition.cnn.com/2020/04/10/china/africans-guangzhou-china-coronavirus-hnk-intl/index.html