समाचार कला साहित्य

राष्ट्रकविको अपील, ‘देश विपत्तीमा छ, लकडाउनका बेलामा घरबाहिर ननिस्कौं’

राष्ट्रकविको अपील, ‘देश विपत्तीमा छ, लकडाउनका बेलामा घरबाहिर ननिस्कौं’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कोरोना भाइरसविरुद्ध गरिएको बन्दाबन्दीमा घरबाहिर ननिस्कन सबैमा अपील गरेका छन् ।

कोरोनाको विश्वव्यापी महामारी नेपालमा विकराल रुपमा नफैलियोस् भन्नका लागि सरकारले लागु गरिएको लकडाउनको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरेका हुन् ।

एक भिडियो सन्देश जारी गर्दै राष्ट्रकवि घिमिरेले लकडाउन मानव स्वास्थ्यका लागि भएकाले यसलाई सबै मिलेर सफल पार्नु पर्ने बताए । पहिले कुष्ठरोग लाग्दा उसको घरको तगारोमा काँडा लगाउने चलन रहेको स्मरण पनि राष्ट्रकवि घिमिरेले गरेका छन् ।

बन्दाबन्दी तोडेर कोही पनि बहादुर नहुने भन्दै उनले भनेका छन्, ‘केही मानिसले लकडाउन लागु गरिएको बेला पनि केही मानिसले उल्लंघन गरेर बहादुरी देखाए जस्तो गरेको देखिन्छ । त्यसरी बहादुर भइँदैन । घरमै बसेर नियम पालना गरे मात्रै यो युद्ध जित्न सकिन्छ ।’

महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, सफाईसहितका सेवाकर्मीलाई उनले धन्यवाद पनि दिएका छन् ।