खेल

दिल्ली क्यापिटल्समा अनुबन्ध भएका वोक्सले आइपीएल नखेल्ने

दिल्ली क्यापिटल्समा अनुबन्ध भएका वोक्सले आइपीएल नखेल्ने

काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) का लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका इंग्ल्याण्डका अलराउन्डर क्रिस वोक्सले नखेल्ने भएका छन् । ‘समर सिजन’मा घरेलु मैदानमा खेल्ने टेष्ट सिरिजलाई मध्यनजर गर्दै वक्सले आइपीएल २०२० नखेल्ने भएका हुन् ।

आउँदो टेष्ट सिरिजमा आफूलाई ‘फिट’ राख्नका लागि उनले आइपीएल नखेल्ने निर्णय गरेका क्रिकइन्फोले लेखेको छ । वोक्सले आइपीएलमा पहिलोपटक २०१७ मा भाग लिएका थिए ।

कोलकाता नाइट राइडर्स ‘केकेआर’ बाट खेल्दै उक्त सिजनमा उनले १३ म्याचमा १७ विकेट लिएका थिए । २०१८ को आइपीएलमा ५ म्याच खेल्ने मौका पाएका वोक्सले ८ विकेट लिएका थिए । २०१९ को सिजन भने उनले खेलेका थिएनन् । 

आइपीएल २०२० का लागि दिल्लीले उनलाई अक्सनबाट डेढ करोडको ‘बेस प्राइस’मा अनुबन्ध गरेको थियो । स्मरणरहोस् यसअघि उनलाई रोयल च्यालेन्जर्स (आरसीबी) १० करोड भारुमा टिममा अनुबन्ध गरेको थियो ।

आइपीएल २०२० मार्च २९ देखि सुरु हुँदैछ । यो पटकको आइपीएल उद्घाटन म्याचमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स (सीएसके) खेल्ने छन् । दोस्रो म्याचमा ३० मार्चमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पन्जावको सामना गर्ने छ । 
 

इन्डियन प्रिमियर लिग दिल्ली क्यापिटल्स आइपीएल क्रिस वोक्स