खेल

छक्काको वर्षा गर्दै हार्दिकले बनाए ३९ बलमा बनाए शतक

छक्काको वर्षा गर्दै हार्दिकले बनाए ३९ बलमा बनाए शतक

काठमाडौंः भारतमा जारी डीवाई पाटिल टी–२० क्रिकेट कपको फाइनलमा पनि रिलायन्स–१ बाट खेलिरहेका हार्दिक पाण्ड्याले बीपीसीएल टिमविरुद्ध शानदार शतक बनाएका छन् । उनले ३९ बलमा १४ छक्का र २ चौका प्रहार गर्दै शतक बनाएका हुन् । 

कम्मरको अप्रेशनपछि क्रिकेटमा फर्किएका उनले जारी प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेका छन् । यही प्रतियोगितामा हार्दिकले सीएजीविरुद्ध ३९ बलमा १० छक्का र ८ चौका हिर्काउँदै १०५ रन बनाएका थिए ।

उत्कृष्ट लयमा देखिएका हार्दिक दक्षिण अफ्रिकासँगको तीन खेलको वानडे सिरिजमा टीममा फर्किने सम्भावना बलियो छ ।

पूर्णरुपमा फिट नभएका कारण उनले न्यूजिल्याण्डसँगको भ्रमण गुमाएका थिए । पछिल्लो समय भारतीय टीम खराब लयमा देखिएको छ । हार्दिक फिट भएसँगै भारतीय टीमलाई अब केही राहत महसुस हुनेछ ।   

हार्दिक पाण्ड्या डीवाई पाटिल टी–२० क्रिकेट कप