खेल

नेपाल र सिंगापुरबीचको खेल रद्द

नेपाल र सिंगापुरबीचको खेल रद्द

काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ ।

बिहीबार परेको वर्षाले मैदान भिजेकाले खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले १–१ अंक बाँडेका छन् ।

प्रतियोगितामा सिंगापुरले लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार व्यहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ ।

आजै मलेसिया र हङकङबीच अर्को खेल हुँदैछ । उक्त खेलको विजेता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।

इस्टर्न रिजन टी–२० क्रिकेट सिंगापुरविरुद्ध नेपाल