विदेश

कोरोना भाइरसका कारण बेलायतमा पनि एक जनाको मृत्यु

कोरोना भाइरसका कारण बेलायतमा पनि एक जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बेलायतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । 

गत बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो । 

कोरोना भाइरस