मनोरञ्जन

सलमानको सर्टलेस अवतार, सामाजिक सञ्जालमा भाइरल

सलमानको सर्टलेस अवतार, सामाजिक सञ्जालमा भाइरल

एजेन्सी । बलिउडका दबंग अभिनेता यानी सलमान खान चलचित्रका अलावा सामाजिक संजालमा पनि सक्रिय रहन्छन । सलमान आफ्ना फ्यानहरुका साथमा सामाजिक संजालमा चलचित्र र फिटनेससंग जोडिएको कुराहरु शेयर गरिरहेका हुन्छन । यसका साथै उनि बेलाबेलामा केहि महत्वपुर्ण कुराहरु पनि सार्वजनिक गरिरहेका हुन्छन । 

हालै मात्र सलमानले इंस्टाग्राममा शेयर गरेको तस्बिरमा उनलाई सर्टलेस अवतारमा केहि सोचेको जस्तो अनि नमस्कार गरेको जस्तो देखिएको छ । तस्बिरका साथमा सलमानले क्याप्सन लेखेका छन 'नमस्कार, नमस्कार र सलाम हाम्रो सभ्यता हो । जब कोरोना भाइरसको अन्त्य हुन्छ अनि मात्र हात मिलाउ, अंकमाल गर।  सलमानको यो पोस्ट हाल सामाजिक संजालमा भाइरल भएको छ ।  

कामको कुरा गर्ने हो भने दबंग ३ सलमान द्वारा अभिनित पछिल्लो चलचित्र हो। जुन चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न समेत सफल भयो । सलमानले यसै चलचित्र मार्फत महेश मांजरेकरकी छोरी सई मांजरेकरलाई बलिउडमा डेब्यु गराएका थिए। 

यसका अलवा सलमान छिटै नै चलचित्र राधेमा देखिंदै छन। जुन चलचित्रमा रणदीप हुड्डा, दिशा पाटनी र जैकी श्राफ जस्ता कलाकारहरुको अभिनय रहनेछ। यस चलचित्रलाई प्रभुदेवाले निर्देशन गर्दै छन । 

 

 

सलमान खान