नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिसको कोरोना भाइरसका कारण मृत्यु

नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिसको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौँ । नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोना भाइरसको कारण मृत्यु भएको छ।

डेली मेलका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फरवरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन्।

सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भएपनि उनको मृत्युको कारण खुलाइएको थिएन। अनुसन्धानबाट मृत्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन्।

मृत्यु हुनुपूर्व उक्त व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको बताईएको छ ।  स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमितको संख्या १ सय ६५ पुगेको छ।

कोरोना भाइरस मृत्यु स्पेनिस

संम्बधित खबर