विचित्र विश्व

कोरोना भाइरसको संक्रमण हुने डरले श्रीमतीलाई बाथरुममा थुनेपछि .....

कोरोना भाइरसको संक्रमण हुने डरले श्रीमतीलाई बाथरुममा थुनेपछि .....

एक व्यक्तिले कोरोना भाइरसको संक्रमण हुने डरले श्रीमतीलाई बाथरुममा बन्द गरिदिएका छन । चिनियाँ महिलासँग श्रीमतीले भेटेर आएकाले उनलाई कोरोना लागेको हुन सक्ने आशंका लागेर उनले बाथरुममा बन्द गरिदिएका हुन् ।

बाथरुममा बन्द भएलगत्तै पत्नीले पुलिसलाई फोन गरेर कोठाबाट बाहिर निस्किएकी हुन् । डाक्टरसँग सल्लाह गरेर नै मैले श्रीमतीलाई बाथरुममा थुनेको हूँ, उनि भन्छन।

रिपोर्टका अनुसार कोरोनाको डरले पत्नीलाई बाथरुममा थुनेको यो घटना यूरोपको लीथुआनियाको हो। डाक्टरको जाँचमा ती महिलालाई कोरोना नलागेको पाईएको छ ।

उसो त, लीथुआनियामा कोरोना भाइरसको संक्रमण एकजनामा पनि देखिएको छैन। विश्वका करिब ७० देशमा यतिबेला कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसमध्ये चीन, ईरान र साउथ कोरियामा सबैभनदा बढी यसको संक्रमण देखिएको छ ।  

हालसम्म देशभरबाट कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार पुगेको छ भने ३ हजार भन्दा बढीको ज्यान गईसकेको छ।  

 

 

Corona Virus