समाचार राजनीति

सहमतिय सरकारको माग नगरेको कांग्रेसको प्रष्टोक्ति

सहमतिय सरकारको माग नगरेको कांग्रेसको प्रष्टोक्ति

नेपाली कांग्रेसले अहिलेको अवस्थामा सहमतिको सरकार बन्नुपर्ने आफ्नो माग नरहेको प्रष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार गठनका लागि कुनै छलफल नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाब दिनु नै कांग्रेसको अहिलेको कर्तव्य रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा ।’

कोरोना भाइरसँग जुध्न सहमतिको सरकार गठन गर्नुपर्ने आवाज केही व्यक्तिहरुले उठाइरहेका बेला कांग्रेसको यस्तो धारणा बाहिर आएको हो।

ADVERTISEMENT