समाचार विदेश

गरीब देशलाई सहयोग गर्न राष्ट्रसंघको अपिल

गरीब देशलाई सहयोग गर्न राष्ट्रसंघको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कारोना भाइरसको संक्रमणका कारण गरीब मुलुकहरुका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका छन् ।

कोरोना भाइरसको महामारी लगातार बढ्दै गएसँगै राष्ट्रसंघका महासचिवले मानवीय सहायताको रुपमा २ अर्ब डलर सहयोगको अपिल समेत गरे ।विकासोन्मुख मुलुकहरुमा यो भाइरसको जोखिम बढी रहेको भन्दै महासचिव गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे ।

चीनबाट सुरु भएको यो भाइरसबाट अहिलेसम्म विश्वका एक चौंथाई मानिस संक्रमित भएको बताइएको छ । समयमै उपचार गरेमा यो निको हुने र संक्रमणको सख्या पनि कम हुने बताइएको छ । चीनले संक्रमित बिरामीको उपचारमा कडाई गरेका कारण अहिले त्यहा निकै कम भएको छ ।