समाचार राजनीति

प्रतिनिधिसभाको बैठक चैत २३ गते आह्वान

प्रतिनिधिसभाको बैठक चैत २३ गते आह्वान

 प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ ।

कोरोना संक्रमणलाई ध्यान दिँदै विहीबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक २३ गते आइतबार १ बजे सम्मका लागि स्थगित भएको हो ।

यसअघि फागुन २९ गते राखिएको बैठक कोरोना संक्रमणलाई ध्यान दिँदै चैत ७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

त्यसपछि सूचना टाँसेर रोकिएको बैठक फेरि २३ गतेसम्मका लागि सारिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक भने अर्को सूचना नभएसम्म स्थगित गरिएको छ ।