समाचार मनोरञ्जन

तनावमा कनिका, तेस्रो रिपोर्ट पनि पोजेटिभ

तनावमा कनिका, तेस्रो रिपोर्ट पनि पोजेटिभ

कोरोना भाइरसबाट संक्रमित बलिउडकी गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ ।

उनीहरुले चार–चार घण्टाको सिफ्टमा काम गरिरहेका बिबिसी हिन्दीले जनाएको छ । लखनऊमा मंगलवार कोरोना संक्रमितका नयाँ बिरामी भेटिएका छैनन् ।

कनिकामा लण्डनबाट फर्किएकाे केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो बीचमा उनले विभिन्न पार्टीको आयोजना गरेकी थिइन् ।

उनको पार्टीमा सहभागी भएकाहरुलाई पनि कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै सन्त्रास फैलिएको थियो । सरकारी संहिताको पालना नगरेको भन्दै कनिकाको आलोचना भइरहेको छ ।

ADVERTISEMENT