विदेश

भारतको २२ राज्यमा आजबाट लकडाउन

भारतको २२ राज्यमा आजबाट लकडाउन

एजेन्सी। भारत सरकारले देशभित्र कोरोना भाइरसको महामारी फैलन सक्ने त्रास बढ्दै गएपछी २२ राज्यमा आजबाट लागू हुने गरी लक डाउनको घोषणा गरेको छ ।

३९६ जनामा कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण पुष्टी भएको र त्यसैका कारण ७ जनाको मृत्यु भएपछि देशभरका २२ राज्यको ७५ जिल्लामा आजदेखि एक साताका लागि अति आवश्यक बाहेकका सबै सेवा र मानिसहरुको आवतजावतमाथि पूर्ण प्रतिवन्ध लगाउने लक डाउनको घोषणा गरिएको हो ।

सङ्क्रमण फैलन सक्ने त्रासमा त्यहाँ हिजो एक दिनका लागि कर्फ्यू लगाइएको थियो । राजधानी नयाँ दिल्ली सहित राजस्थान र पञ्जाव राज्य सरकारले सबै जिल्लाहरमा पूर्ण लक डाउनको घोषणा गरेका छन् ।

दिल्ली राज्य सरकारले ३१ मार्च सम्म सबै सिमा  नाका पनि बन्द गराएको छ ।  राज्यहरुले लक डाउनको अवस्थामा कामदारहरुले काम गर्न नसक्ने भएका कारण दैनिक मजदुरी गर्नेहरुलाई राहत रकम दिदैं रोजगारदाता कम्पनीहरुलाई सबै अवधिको पूर्ण पारिश्रमिक दिन निर्देशन दिएका छन् ।

भारत लकडाउन २२ राज्य