समाचार राजनीति

कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा

कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले  विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरिएको घोषणा गरेका हुन् ।

राजपत्रमा तोकिएका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेक अन्य गतिविधि नगर्न पनि प्रमुख जिल्ला अधिकारी बोहोरोद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

भारतसँग जोडिएको प्रमुख २ नाकाहरु गड्डाचौकी र गौरीफन्टाबाट स्वदेश फर्किन नेपालीको भीडका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सामाजिक अभियान्ताहरुले पुरै प्रदेश नै ‘लकडाउन’ गर्नुपर्ने बताउँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार रातिदेखि लागू हुने गरी जिल्लालाई ‘लकडाउन’ गरिएको घोषणा गरिसकेको छ ।