समाचार

भारतमा कोरोनाको बढ्दो संक्रमण, बिहारको ३ हजार मन्दिरमा ताल्चा

भारतमा कोरोनाको बढ्दो संक्रमण, बिहारको ३ हजार मन्दिरमा ताल्चा

काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र रुपमा अगाडि बढ्दैछ । शनिबार एकैदिन ८० नयाँ संक्रमितको पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोभिड–१९ संक्रमितको संख्या भारतमा ३३४ पुगेको छ । भारतमा अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी जोखिम भारतको महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा मात्रै कोभिड–१९ का ६३ जना संक्रमितको पुष्टि भएको छ । भारतको २२ राज्यमा कोभिड–१९ को संक्रमण फैलिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत्त ९ गते जनता कर्फ्यूको आव्हान गरेका थिए । उक्त कर्फ्यू आज बिहान सातबजदेखि राति ९ बजेसम्म कायम रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।कर्फ्यूको क्रममा सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ । 

यसैबीच कर्फ्यूको क्रममा भारत बिहार राज्यको करिब तीन हजार चारसय मन्दिरमा ताल्चा लगाइएको छ । बिहार राज्य सरकारले जनता कर्फ्यूको अघिल्लो राति १२ बजेबाट नै मन्दिरमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

भारतले इटालीमा रहेको आफ्नो नागरिकलाई दोस्रो पटक स्वदेश फर्किने व्यवस्था गर्न लागेको छ । जस बमोजिम एयर इन्डियाको विमानबाट २६३ जना छात्रछात्रालाई भारत ल्याइदैछ ।

कोरोना भाइरस

विशेष