विदेश

फुटबलर पाउलो डायबला र उनकी प्रेमिका कोरोनाबाट संक्रमित

फुटबलर पाउलो डायबला र उनकी प्रेमिका कोरोनाबाट संक्रमित

अर्जेन्टिनाका चर्चित फुटबलर पाउलो डायबलालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । डायबालासहित युभेन्टस फुटबल क्लबका ३ जना खेलाडीहरुमा कोरोना संक्रमित भइसकेका छन् ।

युभेन्टसका स्ट्राइकर पाउलो डायबालाले उनी र प्रेमिका ओरियाना सबातिन दुवैमा कोरोना संक्रमण देखिएको छ।

डायबालामा कोरोनाका लक्षणहरु देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो । उनमा कोरोना पोजिटिभ देखिएपछि हाल उनी घरमै आइसोलेसनमा छन् । उनले सामाजिक संजालमा भनेका छन्, ‘म र मेरी प्रेमिका दुवै कोभिड–१९ बाट संक्रमित छौँ, हामी दुवैजना आइसोलेसनमा रहेका छौँ।’

कोरोना भाइरस पाउलो डायबला