समाचार विदेश

‘औषधिका नाममा अमेरिकाले रोग फैलाउन सक्छ’

‘औषधिका नाममा अमेरिकाले रोग फैलाउन सक्छ’

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामीनेईले आफ्ना नागरिकका लागि अमेरिकाले गर्ने कुनै पनि सहयोग नलिने घोषणा गरेका छन् । उनले अमेरिकाले ईरानविरुद्ध औषधि प्रयोग गर्ने षड्यन्त्र गरेको हुनसक्ने आशंका व्यक्त गरे । 

‘सायद रोगलाई थप खराब बनाउन अमेरिकाले हामीलाई औषधि उपलब्ध गराएको हुनसक्छ, हामी तिमीहरुलाई कहिल्यै विश्वास गर्न सक्दैनांै,’ सर्वोच्च नेता खामेनेइले पर्सियन नयाँ वर्षका अवसरमा गरिएको टेलिभिजन सन्देशमा भने । उनले अमेरिकाले औषधि सहयोग गर्ने कुरा निकै अनौठो लागेको बताए ।

‘अमेरिका आफैं संकटमा छ । उनीहरुलाई नै उपचार सामाग्रीको अभाव छ,’ खामेनेईले भने । 

हरेक वर्ष खामेनेई आफैं ईरानको मस्हाद शहरमा उपस्थित भएर शुकामना सन्देश दिन्थ्यें । यसपटक उनले टाढैबाट सम्बोधन गरे ।

मध्यपूर्वमा सर्वाधिक संक्रमण देखिएको देशमध्ये इरान एक हा । विश्व स्वास्थ्य संगठनका अनुसार यहाँ अहिलेसम्म २० हजार जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १५ सयजनाको मृत्यु भइसकेको छ ।